साउन -३१ । हिन्दू धर्मावलम्बीहरूले आज भगवान् श्रीकृष्णको जन्मोत्सव अर्थात् कृष्णाष्टमी पर्व धुमधामपूर्वक मनाउँदैछन्। भाद्र कृष्णपक्षको अष्टमी तिथिमा पर्ने यस पर्वमा भक्तजनले उपवास बस्ने, मन्दिर तथा घर–घरमा पूजा–अर्चना गर्ने परम्परा छ।
आजैका दिन मठ–मन्दिरमा विशेष भजन–कीर्तन, कृष्णलीला एवं धार्मिक प्रवचन कार्यक्रमहरू हुनेछन्। विशेषगरी कृष्णमन्दिर, ठुला मठ तथा गुठीस्थानमा बिहानैदेखि भक्तजनको भीड लागेको छ।
श्रीकृष्णलाई धर्मरक्षा र अधर्म विनाशको प्रतीकका रूपमा मान्ने गरिएको छ। कृष्णाष्टमीका दिन विशेषगरी बालबालिकाहरूलाई श्रीकृष्णको झैँ सजाउने परम्परा पनि प्रचलित छ ।
























