२०८२ मंसिर २८ आईतवार
२०८२ मंसिर २८ आईतवार
rapti gyalaxy
previous arrow
next arrow

आज देशभरका हिन्दू धर्मावलम्बीद्वारा रक्षाबन्धन मनाइँदै

साउन-२४ । आज साउन शुक्ल पूर्णिमाका अवसरमा देशभरका हिन्दू धर्मावलम्बीहरूले धार्मिक आस्था र उल्लासका साथ रक्षाबन्धन पर्व मनाइरहेका छन्। विशेष गरि दिदीबहिनी र दाजुभाइबीचको माया, विश्वास र पारिवारिक सम्बन्ध सुदृढ पार्ने उद्देश्यका साथ यो पर्व प्रत्येक वर्ष मनाइन्छ।

यस दिन विहानैदेखि तीर्थस्थल, मन्दिर र नदीघाटमा स्नान, पूजा–अर्चना र रक्षा–सूत्र बाँध्नेको भीड लागेको छ। दिदीबहिनीहरूले दाजुभाइको हातमा तिनतापत्री धागो वा रङ्गीन रक्षा–सूत्र बाँधेर दीर्घायु, स्वास्थ्य र समृद्धिको कामना गरेका छन् भने दाजुभाइहरूले दिदीबहिनीलाई उपहार र आशिर्वाद दिएका छन्।

यसै दिन जनै पूर्णिमा पनि परेकोले हिन्दू पुरुषहरूले स्नान गरेर नयाँ जनै धारण गरेका गर्दछ्न। धार्मिक विश्वास अनुसार, आजको दिन रक्षा–सूत्र बाँध्दा संकट टर्ने, आयु वृद्धि हुने र पारिवारिक एकता बलियो हुने मान्यता छ।

देशभरका बजार, मन्दिर र गाउँ–शहरमा आजको दिन चाडपर्वको रौनक छाएको छ।

Picture of जलबराह मिडिया

जलबराह मिडिया

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।