२०८३ कार्तिक २८ शुक्रबार
२०८३ कार्तिक २८ शुक्रबार
rapti gyalaxy
previous arrow
next arrow

गृह मन्त्रालयद्वारा एन-प्याब्सन निलम्बित: बैंक खाता रोक्कादेखि अधिवेशनबारे कडा निर्देशन:

काठमाडौं । गृह मन्त्रालयले ‘राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल’ (एन-प्याब्सन) लाई अर्को निर्णय नभएसम्मका लागि निलम्बन गरेको छ। मन्त्रालयले राष्ट्रिय निर्देशन ऐन, २०१८ को दफा ६ को उपदफा (२) बमोजिम २०८३ साल कार्तिक १३ गतेको निर्णयानुसार उक्त संस्थालाई निलम्बन गरेको हो।

​मन्त्रालयले जारी गरेको सार्वजनिक सूचना र आधिकारिक पत्र अनुसार, संस्थाले सरकारबाट स्वीकृत विधान र मूल उद्देश्य विपरीत कार्य गरेको, पटक-पटक दिएका निर्देशनहरू पालना नगरेको तथा सरोकारवालाहरूसँगको छलफलपछि पनि निर्देशनको बेवास्ता गरेकाले यो कदम चालिएको उल्लेख छ।

​मन्त्रालयद्वारा एन-प्याब्सनको नाममा जारी गरिएको पत्रमा उल्लेख गरिएका ४ मुख्य निर्देशनहरू:

​वित्तीय कारोबारमा रोक: विधान संशोधन तथा पदाधिकारी विवाद निरूपण नभएसम्म देशभरका वाणिज्य बैंक तथा वित्तीय संस्थाहरूमा रहेका एन-प्याब्सनका खाता सञ्चालन तथा आर्थिक कारोबार नगर्न/नगराउन निर्देशन दिइएको पाईएको छ।

​सहमतिमा विशेष अधिवेशन: स्थगन गरिएको विशेष अधिवेशन गर्दा सकेसम्म सबै पक्षको सहभागिता र सहमतिमा मिति तय गर्नुपर्ने तथा मन्त्रालयको पूर्व निर्देशन बमोजिम विधान संशोधन लगायतका निर्णयहरू गर्नुपर्ने।

​यथास्थिति (Status Quo) कायम राख्ने:
विधान संशोधन पूर्वको अवस्थालाई यथास्थिति मानी विधान संशोधन वा ऐन बमोजिमको प्रक्रिया पूरा गरी सोको जानकारी मन्त्रालयमा पेस गर्न भनिएको छ।

​ गैरकानुनी क्रियाकलापमा रोक:
यसैबीच निलम्बनको अवधिमा संस्थाको नाममा कुनै पनि समूह वा गुटबाट हुने गतिविधिहरू गैरकानूनी हुनेछन् र त्यसो गरेमा प्रचलित कानून बमोजिम कडा कारवाही हुने चेतावनी दिइएको छ।
​मन्त्रालयले यी सम्पूर्ण निर्देशन तथा कानूनी प्रक्रियाहरू पूरा गरेर आएपश्चात मात्र निलम्बन फुकुवा गर्ने  विषयमा निर्णय लिने प्रष्ट पारेको छ।

Picture of जलबराह मिडिया

जलबराह मिडिया

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।