२०८२ फाल्गुन २१ बिहीबार
२०८२ फाल्गुन २१ बिहीबार
rapti gyalaxy
previous arrow
next arrow

सिल गरेको चामल गायब पार्नेलाई सहत्तर हजार रुपैयाँ जरिवानाको साथै २४ घण्टाभित्र ल्याउन निर्देशन:


हेटौंडा । मकवानपुरको मनहरी बजारमा अनुगमन टोलीले सिलबन्दी गरेको चामल गायब पार्ने मंगलमय ट्रेडर्सलाई मनहरी गाउँपालिकाको कार्यालयले सहत्तर हजार रुपैयाँ जरिवाना गराएको छ ।

अनुगमन टोलीले सिल गरेको चामल गायब बनाएपछि बुधबार गाउँपालिकाले मंगलमय ट्रेडर्सलाई सहत्तर हजार रुपैयाँ जरिवाना तिराउने र २४ घण्टाभित्र हराएको चामल ल्याएर गोदाममा राख्न निर्देशन दिएको हो ।

गाउँपालिकाले चामल प्रचलित मापदण्ड विपरीत भएकाले पचास हजार र चामलको बिक्री वितरण, ओसारपसार रोक्का गरिएकामा त्यसको अवज्ञा गरी अटेर गरेकाले बिस हजार गरी सहत्तर हजार जरिवाना गराउने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदीले जानकारी दिए ।

मंगलमय ट्रेडर्सले बुधबार नै गाउँपालिका कार्यालयको खातामा सहत्तर हजार जरिवाना तिरेको गाउँपालिका कार्यालयले जनाएको छ । ट्रेडर्सलाई रोक्का गरिएको चामल दाखिला गर्न पत्रमार्फत निर्देशन दिइएको छ । चामलको नमूना जाँच गर्नुपर्ने भएकाले दाखिला गर्न भनिएको छ ।

६ असोज ०८१ मा गाउँपालिका कार्यालय, जिल्ला प्रशासन कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयसहितको अनुगमन टोलीले शिल गरेको ६० बोरा चामल गायब पारिएको थियो । १२ कात्तिक सोमबार परीक्षणका लागि चामल नमूना लिन पुगेको खाद्यको टोलीले शिल गरिएको चामल गोदाम रित्तै देखेपछि कारबाही गर्न गाउँपालिकालाई अनुरोध गरेको हो ।

यसअघि ओम कैलाश ब्राण्डका ५३ बोरा र लक्ष्मी राइस मिलबाट उत्पादित ७ बोरा चामल बिक्री बितरण र उपभोग गर्न प्रशासन र गाउँपालिका आफैंले शिल गरेको थियो । यी दुई वटा ब्राण्डका चामलका बोरामा उपभोग्य मिति, उत्पादन मिति र ब्याच समेत नभेटिएपछि चामल शिल गरिएको अनुगमन मुचुल्कामा उल्लेख छ ।

Oplus_131072

एक महिनाअघि नै शिल गरिएको चामलको सोमबार मात्रै नमूना संकलनका लागि मनहरी गाउँपालिकाको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, इलाका प्रहरी कार्यालय मनहरीको टोली पुगेको थियो । नमूना संकलनका लागि जाँदा यसअघि नै शिल तोडेर चामल गायब पारिएको पत्ता लागेको हो । अनलाइन खबर ।

Picture of जलबराह मिडिया

जलबराह मिडिया

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।