२०८२ मंसिर २० शनिबार
२०८२ मंसिर २० शनिबार
rapti gyalaxy
previous arrow
next arrow

संविधानको रक्षा र कार्यान्वयनमा जनता एकाकार भएर लाग्न जरुरी : सभामुख

दाङ देउखुरी । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले संविधान दिवस–२०८२ को अवसरमा देश विदेशमा रहनु भएका सम्पूर्ण नेपाली आमा–वुवा दिदी–बहिनी एवं दाजु भाईहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै संविधान कार्यान्वयनकै चरणमा रहेकाले यसको ईमानदारीताका साथ कार्यान्वयनमा जोड दिएका छन्

संविधान दिवसको अवसरमा आज बिहान शुभकामना सन्देश जारी गर्दै सभामुख घर्ती मगरले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्धारा दिगो शान्ति, सुशासन, विकास र संमृद्धिको आकाक्षा पूरा गर्ने संकल्प नेपालको संविधान -२०७२ ले लिएको स्मरण गराए ।
संघीय शासन प्रणालीको नितान्त नयां संरचनाको रुपमा प्रदेश संरचना रहेको र जुन संघीय संरचनाको मुटु र मुल मर्म भएको जनाउँदै उनले संघीयता कार्यान्वयनको क्रममा देखिएका कतिपय कार्यशैलीगत कमीकमजोरीलाई सुधार गर्दै प्रदेशको सबलिकरण जरुरी रहेकोमा जोड दिएका छन् । “संघीयता कार्यान्वयनको क्रममा देखिएका हाम्रा कतिपय कार्यशैलीगत कमीकमजोरीका कारण प्रदेश संरचनाप्रति प्रश्न चिन्ह उठेका छन् ।” शुभकामना सन्देशमा उल्लेख छ-” यसलाई गम्भिरता पूर्वक सम्बोधन गर्न र संविधानको भावना तथा जनताको चाहना अनुसार नै संविधान र संघीयता कार्यान्वयनमा सबै गम्भिर र जिम्मेवार बन्नुपर्छ ।”

लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान २०७२ को कार्यान्वयनमा देखिएको कमीकमजोरीलाई सच्चाएर आगामी दिनमा हुने थप अभ्यासबाट संविधान परिमार्जन हुंदै जाने विश्वास व्यक्त गरे ।
लुम्विनी प्रदेश सभाले संविधानको मर्म र भावनालाई आत्मसात गर्दै सामाजिक न्यायको शिद्धान्तमा आधारित भई जनचहाना अनुसार नै प्रदेशको नीति तथा कानुन निर्माण गरिरहेको जनाउँदै संविधानको रक्षा र कार्यान्वयनमा राज्य संरचना मात्र नभई सम्पूर्ण नेपाली जनता एकाकार भएर लाग्न जरुरी रहेकोमा जोड दिएका छन् । “नेपाली जनताको ठूलो बलिदानी पछि उपलब्धीका रुपमा प्राप्त भएको संविधान र संघीयता कार्यान्वयनमा इमान्दारीता पूर्वक लागौं संविधान दिवसको अवसरमा पुनः शुभकामना व्यक्त गर्दछु ।” शुभकामना सन्देशमा उल्लेख छ ।
जनताको सार्वभौम संस्था संविधान सभा मार्फत संविधान निर्माण गरी जारी भएको आज १० वर्ष पुरा भएको छ ।
सभामुख घर्ती मगरले यो विशेष दिनमा जनयुद्ध, जनआन्दोलन एवं क्रान्ति, जेन–जी आन्दोलन तथा संघर्षमा जीवन उत्सर्ज गर्नुहुने महान् सहिदहरु प्रति भावपूर्ण श्रद्धासुमन अर्पण गरी घाईते अपाङ्ग, बेपत्ता योद्धाहरुप्रति उच्च सम्मान व्यक्त गरेका छन् ।
संविधान निर्माण प्रकृयामा महत्वपूर्ण योगदान पुर्याउने माननीय संविधान सभा सदस्य लगायत सम्पूर्णमा हार्दिक आभार तथा कृतज्ञता समेत व्यक्त गरेका छन् ।

Picture of जलबराह मिडिया

जलबराह मिडिया

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।