खडग वली , देउखुरी । प्रिन्स स्कूल लमहीमा शिक्षा र ज्ञानको देवी सरस्वतीको आराधना गर्ने पर्व सरस्वती पूजा र विद्यार्थीहरूको प्रतिभा प्रदर्शनको मंच शैक्षिक मेला, दुवै एकै ठाउँमा भएको छ ।
दुवै कार्यक्रमहरूले विद्यार्थीहरूमा शिक्षाको महत्व र सृजनात्मकताको विकास गर्न महत्वपूर्ण भूमिका खेल्नेछ भन्ने विद्यालय स्रोतले बताएको छ ।
सरस्वती पूजा: ज्ञान र बुद्धिको आराधना:
सरस्वती पूजा हिन्दू संस्कृतिमा ज्ञान, कला, र संगीतकी देवी सरस्वतीको पूजा गरिने महत्वपूर्ण चाड भएकाले यस दिन विद्यार्थी,शिक्षक, तथा अभिभावकहरूले देवीलाई फूल,अक्षता,र मिठाई चढाएर आफ्नो शैक्षिक यात्रामा सफलताको कामना गर्दै यो पूजा केवल धार्मिक आस्था मात्र नभई शिक्षा र ज्ञानप्रति समर्पणको प्रतीकको रुपमा विद्यालयले लिएको छ ।