२०८२ फाल्गुन २५ सोमबार
२०८२ फाल्गुन २५ सोमबार
rapti gyalaxy
previous arrow
next arrow

राजपुर-३, भैसहवाको फुटबल प्रतियोगितामा बेला फुटबल क्लब प्रथम:

दाङ देउखुरी । देउखुरीको राजपुर गाउँपालिका अन्तर्गत वडा नम्बर ३ भैसहवामा तीन दिने फुटबल प्रतियोगिता सम्पन्न भएको छ ।

स्मृति बाल तथा युवा क्लब भैसहवाद्वारा कार्तिक १६ गतेका दिनदेखि आयोजना गरिएको ३ दिने फुटबल प्रतियोगिताको पहिलो खेलमा राजपुर-२ बेला फुटबल क्लब र लमही – ७ बनग्यै फुटबल क्लब बीच खेल भएकोमा बेलाले -४-१ गोलका साथ बनग्यैलाई पराजित गरेको थियो ।

यस्तै दोस्रो दिन दिन आयोजक ए टिम र राजपुर -२ गहिरा क्लब बीच भएको खेलामा आयोजक ए टिमले ४-३ गोलले गहिरालाई पराजित गरेको थियो भने सोही दिन आयोजक टिमको ए र बेला बिचमा भएको खेलमा १-१ गोल भै पेनाल्टी सुट आउटद्वारा बेलाले ४-३ गोलले आयोजक ए टिमलाई पराजित गरेर बेला फाइनल खेलमा प्रवेश गरेको थियो ।

बीचमा भाई टीका भएको कारण खेल १८ र १९ गते गरि दुई दिन रोकिएको थियो । फाइनल २० गते मंगलबार सम्पन्न उक्त खेला आयोजक बि र बेला बीच भएको खेलमा बेलाले ५- ० ले आयोजक बि भैसहवालाई पराजित गर्दै बेला प्रथम भएको हो ।

खेलमा प्रथम,द्वितीय हुने खेलाडी टिमलाई २२ गते चौथी मेलाको समापनका दिन पुरस्कार वितरण गरिने क्लबका अध्यक्ष खिम बहादुर घर्तीद्वारा जानकारी गराईएको छ। कार्तिक २१ गते बेलुकादेखि सुरु हुने चौंथी मेलामा उपस्थित भइ मेलाको स्वभाव बढाइदिन सम्पूर्ण महानुभावलाई आयोजकले अनुरोध समेत गरेको पाइएको छ ।

Picture of जलबराह मिडिया

जलबराह मिडिया

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।