२०८२ बैशाख १० बुधबार
२०८२ बैशाख १० बुधबार

राजपुरमा आपूरण तथा द्रुत सिकाइ योजना सम्बन्धी तालिम सम्पन्न:

श्रवण कुमार यादव,राजपुर। दाङको राजपुर गाउँपालिका वडा नं १,२ र ३ मा दुई दिने आधारभुत तहमा समावेशी समुदाय विकास र सशक्तिकरणका लागि सिकाइ आपूरण तथा द्रुत सिकाइ योजना तालिम सम्पन्न भएकोे छ।

स्ट्रोम फाउण्डेशन र एच्.डब्लु.ई.पी.सि.(HWEPC) को संयुक्त पहलमा आयोजित यस तालिम समुदायका सदस्यहरूलाई शिक्षाको माध्यमबाट सशक्त बनाउँदै उनीहरूको आर्थिक र सामाजिक विकासमा सहयोग पुर्‍याउने मुख्य उद्देश्य सहित उक्त कार्यक्रम सम्पन्न भएकोे हो।

आधारभुत तहमा सिकाइ आपूरण र द्रुत सिकाइ सहयोग सम्बन्धि सम्पन्न तालिममा वडा नं १, २, र ३ का ३० जना शिक्षकहरु सहभागी भएका थिए। दुई दिन चलेको तालिममा सहजीकरण तथा प्रशिक्षणकाे रूपमा राजपुर गाउँपालिका शिक्षा शाखा अधिकृत केशव लम्साल र जन ज्योति माध्यमिक विद्यालयका शिक्षक भिमकान्त यादव रहेका थिए।

मानव कल्याण तथा वातावरण संरक्षण केन्द्रका शिक्षक थिम लिडर कार्यक्रम संयोजक मोतीराम चौधरीका अनुसार आधारभुत तहमा सिकाइ आपूरण र द्रुत सिकाइ सहयोग सम्बन्धि कार्यक्रम सिकाईको आवश्यकता किन र कसका लागि, कहिले र कसरी गर्ने भने विषयमा छलफल गरिएको थियो।

यस्तै न्यूनतम सिकाइ सक्षमताको मापनको कार्य ढाँचा र नमुना प्रशनपत्र तथा विद्यार्थी वर्गीकरण र विषयवस्तुको छनौट तथा सिकाइ आपुरणको रणनीतिहरु के के हुन् र यसको कार्यान्वयन योजना निर्माण र कार्यान्वयनको बारेमा विस्तृत छलफल समेत गरिएको थियो।

मानव कल्याण तथा वातावरण संरक्षण केन्द्रका दाङ जिल्ला निर्देशक प्रदिप मजगैयाँकाे अध्यक्षता तथा राजपुर गाउँपालिका अध्यक्ष शरद कुमार बुढाथोकीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो।

Picture of जलबराह मिडिया

जलबराह मिडिया

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।