राजपुर, साउन -३०। दाङ,राजपुर गाउँपालिका वडा नम्बर -२ मा रहेको फेमिली प्याराडाईज इङ्गलिस बोर्डिङ स्कुलमा नियमित रुपमा हुने शुक्रबारीय अतिरिक्त क्रियाकलाप अन्तर्गत आज गायन प्रतियोगिता कार्यक्रम सप्पन्न भएको छ ।

विद्यालय व्यवस्थापन समितीका अध्यक्ष देवा खनालको अध्यक्षता एवम् प्रबन्ध निर्देशक टोपेन्द्र खनालको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।

विद्यालयकि छात्रा आशिका बिकको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा नरिश्मा यादव, सायरा बिक, शिक्षा पुन, अरुना मल्ल, अन्जना सुनार, रुप्सना चौधरी , भुमिका पुन, प्रशान्त पुन, आयुष बिक, अप्सरा पुन, रेश्मी रोका, समीर घर्ती, कमल बुढा, हिमाल मल्ल , मदन पुन, रेश्मा घर्ती , रमेश पुन , मेनुका केसी लगायतले भाग लिएका हुन् ।

कार्यक्रमका निर्णायक मण्डलद्वारा जारी नतिजा अनुसार छात्र रमेश पुन प्रथम, छात्रा मेनुका केसी द्वितीय र छात्रा रेश्मा घर्ती मगर तृतीय भएका छन् ।
कार्यक्रमको नतिजालाई सुनुवाइ गर्दै कार्यक्रमका प्रमुख अतिथि खनालले विद्यालयका बिध्यार्थीहरुले यस प्रकारका कार्यक्रममा सहभागी रही अघि बढ्न खोज्नु भनेको समग्र समुदायलाई अगाडि बढाउनमा जोड दिनु हो भन्दै आगामी दिनहरुमा अझ प्रगति गर्न सुझाव प्रदान गरे ।

विद्यालयका शिक्षक एवम् अतिरिक्त क्रियाकलाप संयोजक मधुमालती खडकाले सहजीकरण गरेको कार्यक्रममा निर्णायकको भुमिका निर्वाह गर्नेमा शिक्षक प्रशुन पाण्डे , पुजा खड्का तथा सलिना चौधरी रहेका थिए भने कार्यक्रमलाई थप मनोरन्जन प्रदान गर्नका निम्ति छात्रा अप्सरा पुन , संस्कृति बिक लगायतले नृत्य प्रस्तुत गरेका थिए ।

























