२०८२ पुष ३० बुधबार
२०८२ पुष ३० बुधबार
rapti gyalaxy
previous arrow
next arrow

मृतकको परिवारलाई उचित क्षतिपूर्ति दिने सहमति पश्चात् अवरुद्ध लमही – भालुवाङ सडक सुचारु:

दाङ देउखुरी । दाङ देउखुरीको राप्ती गाउँपालिका-८ बिजाैरीमा अवरुद्ध सडक राति करिव ३ घण्टा पछि सुचारू भएको छ । राति ७:३० बजे देखि अवरुद्ध सडक राति १०:३० बजे सुचारु भएको हो ।

मंगलबार राति ७:३० बजेको समयमा गोरखा आइडियल स्कुल बसको ठक्करबाट मोटरसाइकल चालक राप्ती गाउँपालिका-८ बिजाैरीका अन्दाजी वर्ष ३१/३२ का कृष्णबहादुर शाही (किसन)को घटनास्थलमा मृत्यु भएपछि आक्रोशित स्थानीयहरूले लमही भालुवाङ सडक खण्डको बिजाैरीमा बाटो अवरुद्ध गरेका थिए ।

मृतकको परिवारलाई क्षतिपूर्ति, मृतकको श्रीमतीलाई रोजगारी र २ बच्चालाई कक्षा १२ सम्म पढाउने लिखित सहमतिमा बाटो सुचारु भएको इलाका प्रहरी कार्यालय भालुवाङले जानकारी दिएको छ । राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्ट, स्कुल पक्ष, प्रहरी र पिडित पक्ष बसेर सो सहमति गरेका हुन् । बाटो अवरुद्ध हुँदा गन्तव्यमा हिडेका सयाै यात्रु अलपत्र परेका थिए । बाटो खुले सँगै जनजिवन सामान्य बन्दै जान थालेको छ । भने घटना स्थलमा रहेको मृतकको शव समेत उठाइएको छ ।

राप्ती गाउँपालिका-८ बिजाैरीमा पश्चिम देखि पुर्व तर्फ गइरहेको रा १ प १४१८ नम्बरको गोरखा आइडियल स्कुल लालमटियाको बसले पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको रा ५ प २६०१ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा शाहीको घटना स्थलमा मृत्यु भएको थियो ।

Picture of जलबराह मिडिया

जलबराह मिडिया

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।