
निजि संस्थागत विद्यालयको छाता संगठन एनप्याब्सन लुम्बिनी प्रदेश समितीको आयोजनामा बिध्यार्थीहरुमा रहेको अन्तर्निहित प्रतिभालाई उजागर गर्दै प्रतिस्पर्धी भावनाको वृद्धि गराउने उद्देश्यले बिगतका वर्षहरुदेखि गर्दै आईरहेको प्रदेश स्तरीय कार्यक्रम यस वर्ष २०८१ मा पनि यही माघ १७ गते दाङ देउखुरीको लमही स्थित A1 Lovely Star मा भव्यरुपले सम्पन्न गरेको छ ।


एनप्याब्सन लुम्बिनी प्रदेश समितीका प्रथम उपाध्यक्ष डिल्लीराम काफ्लेको अध्यक्षता , एन प्याब्सन केन्द्रीय कमिटीका सचिव कृष्ण प्रसाद पौडेलको प्रमुख आतिथ्यमा एवम् विभिन्न जिल्लाका जिल्ला अध्यक्ष/ प्रतिनिधिहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।

एनप्याब्सन लुम्बिनी प्रदेश समितीका सहसचीव जित बहादुर क्षेत्रीको स्वागत मन्तव्य एवम् राजपुर -२ मटेरिया स्थित फेमिली स्कुलका छात्रा गोमा खत्री, प्रमिला बुढा र दिपा बिकको स्वागत नृत्यबाट सुरु भएको कार्यक्रममा सबै जिल्लाको प्रतिनिधित्व गर्दै एन प्याब्सन रुपेन्देही जिल्लाका जिल्ला अध्यक्ष तिलब केसीले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
लुम्बिनी प्रदेश अन्तर्गत बाके, बर्दिया , दाङ , कपिलवस्तु , अर्घाखाँची , रुपेन्देही , गुल्मी , नवलपरासीबाट सहभागी कार्यक्रममा ” शिक्षा र रोजगारका नाममा बिदेशिनु विकल्प , स्वदेशमै व्यवस्थापन गर्ने गरौं संकल्प !” शिर्षकको वक्तृत्त्वकला प्रतियोगिता तर्फ ” वेष्ट्रन ई. मि. सेकेण्डरी स्कुल कोहलपुरकि छात्रा निकिता लम्साल प्रथम , न्यु लुम्बिनी ई. बो. स्कुल रुपेन्देहीकी छात्रा खुशी घर्ती द्वितीय र सन्धीखर्क ग्रीन ई.बो. स्कुल अर्घाखाँचीकि छात्रा आशिका बन्जाडे तृतीय भएका छ्न भने 4th. Npabsan Singing Idol -2081 तर्फ न्यु लुम्बिनी ई. बो. स्कुल रुपेन्देहीकी छात्रा जानकी पौडेल प्रथम , कोहलपुर बागेश्वरी ई. मि. सेकेण्डरी स्कुल बाकेका ग्रेस पहाडी द्वितीय र सुनगाभा पब्लिक सेकेण्डरी स्कुल रुपेन्देहीका छात्र खिम बहादुर राणा तृतीय भएका छन।
विजेता प्रथम , द्वितीय तथा तृतीयलाई क्रमश: नगद रु. ७,०००/- , ५,०००/- , ३०००/- र सम्मानपत्रले कदर गरिएको हो भने सहभागी सबै प्रतियोगीलाई नगद २,०००/- र प्रमाणपत्रले सम्मान गरिएको हो।
कार्यक्रमका प्रमुख अतिथी कृष्ण प्रसाद पौडेलले एनप्याब्सन केन्द्रीय कमिटीको पछिल्लो गतिबिधीको बारेमा स्पष्ट पार्नु भएको थियो ।

एनप्याब्सन लुम्बिनी प्रदेश समितिका सचिव टोपेन्द्र खनालले औपचारिक रुपमा पहिलो सत्रको कार्यक्रम संचालन गर्नु भएको थियो भने दोस्रो सत्रको प्रतियोगितात्मक कार्यक्रम समितीका सह सचिव जित बहादुर क्षेत्रीले संचालन गर्नु भएको थियो ।


वक्तृत्त्वकला प्रतियोगीता तर्फको निर्णायकको भुमिका निर्वाह उदय आले र दामोदर पाण्डेले निर्वाह गर्नु भएको थियो भने गायनतर्फको निर्णायक भुमिका निर्वाह ज्ञानेन्द्र स्वर्णकार र सुष्मा ग्रेसले गर्नु भएको थियो ।

यसैबिच एनप्याब्सन लुम्बिनी प्रदेश समितिका सहकोषाध्यक्ष एवम् कार्यक्रम संयोजक कमल पछाईले अन्त्यमा कार्यक्रम सफल बनाउनमा महत्त्वपूर्ण भुमिका निर्वाह गर्नुहुने सबैमा हार्दिक धन्यवाद ज्ञापन गर्नु भएको थियो ।
























