२०८२ मंसिर २८ आईतवार
२०८२ मंसिर २८ आईतवार
rapti gyalaxy
previous arrow
next arrow

नेसनल प्याब्सन दाङद्वारा एसइईमा उत्कृष्ट जीपीए ल्याउने विद्यार्थीलाई नगदसहित सम्मान:

दाङ । नेसनल प्याब्सन दाङले शैक्षिकसत्र २०८१ को एसइईमा उत्कृष्ट जिपिए ल्याउने विद्यार्थीलाई यही असार १८ गतेका दिन एक कार्यक्रम को आयोजना गरि नगदसहित सम्मान गरेको छ ।


नेसनल प्याब्सन अन्तर्गतका विद्यालयबाट सहभागी भइ उत्कृष्ट जिपिए ल्याउने विद्यार्थीलाई प्रति विद्यार्थी २ हजार ५ सय नगदसहित प्रमाणपत्रले सम्मान गरेको हो ।

एन प्याब्सनले छात्रातर्फ ४ जिपिए ल्याउने ६ जना छात्र र छात्रतर्फ ३ दशमलव ९६ जिपिए ल्याउने २ जना गरी ८ जना विद्यार्थीलाई सम्मान गरेको छ । बुधबार तुलसीपुरमा आयोजना गरिएको सम्मान कार्यक्रममा राप्ती गाउँपालिकाको पब्लिक एजुकेशन एकेडेमीका आशिका शर्मा, अमृत एकेडेमी बिजौरीका अन्जली घर्ती, पिपुल्स ल्याण्ड सेकेन्डरी स्कुल हापुरेका रिता पौडेललाई नगदसहित सम्मान गरिएको हो ।

यसै गरी बाल सहारा मावि बनहरीका हरिकला घर्तीमगर, साधना अधिकारी र शिखा विकलाई एन प्याब्सनले सम्मान गरेको हो । यस्तै छात्रतर्फ मिड वेष्ट प्वाइन्ट एकेडेमी शान्तिनगरका नरेश चौधरी र लोकप्रिय विद्या मन्दीर शान्तिनगर–५ का भुपेश खड्कालाई नगदसहित प्रमाणपत्रले सम्मान गरिएको एन प्याब्सन दाङले जनाएको छ ।

एन प्याब्सन दाङका अध्यक्ष शालिकराम कार्कीको अध्यक्षता तथा नेसनल प्याब्सन केन्द्रिय वरिष्ठ उपाध्यक्ष सुबोध कुमार डाँगीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । त्यस अवसरमा प्रमुख अतिथि डाँगीले उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई बधाई दिँदै आगामी दिनमा शैक्षिक सफलताको शुभकामना दिए ।

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका शिक्षा अधिकृत चित्रा बस्नेत, ज्ञानज्योति एजुकेशन फाउण्डेशनका सिइओ सुरेन्द्र जिसी, एन प्याब्सन तुलसीपुरका अध्यक्ष सुमन केसी, राप्ती गाउँपालिका संयोजक चम्पकसिं कार्की र शरद गौतमले मन्तव्य राखेका थिए ।

एन प्याब्सन दाङ जिल्ला वरिष्ठ उपाध्यक्ष ठाकुर प्रसाद डाँगीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण जिल्ला सचिव छविकुमार वलीले गरेका थिए । www.jalbarahamedia.com

Picture of जलबराह मिडिया

जलबराह मिडिया

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।