२०८२ पुष ३० बुधबार
२०८२ पुष ३० बुधबार
rapti gyalaxy
previous arrow
next arrow

देउखुरीको दोलाईखोला पुल नजिकै मोटरसाइकल दुर्घटना, २ जना घाइते:

दाङ देउखुरी, १० असोज । देउखुरीमा मोटरसाइकल दुर्घटना हुँदा २ जना घाइते भएका छन ।

बिहिवार बेलुकी साढे ७ बजेको समयमा सिसहनियाँ देखि सुन्डवरी जाँदै गरेको रा ३ प १९३४ नम्बरको मोटरसाइकल राप्ती गाउँपालिका–५ कालापानी दोलाइखोला पुल नजिक दुर्घटनामा परेको हो । दुर्घटनामा परी मोटरसाइकल चालक लमही नगरपालिका–१ सुन्डवरी निवासी वर्ष २५ को प्रकाश कुमाल र पछाडी बसेका निजको भतिजा वर्ष ११ को प्रशान्त कुमाल घाइते भएका छन् ।

घाइते मध्ये प्रकाशलाई गहिरो चोट लागेकाले सिसहनियाँ स्वास्थ्य चौकीमा सामान्य उपचार पछि थप उपचारका लागि बुटवल पठाइएको र प्रशान्तको स्वास्थ्य चौकीमा उपचार पछि घर फर्किसकेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । तिव्र गतिका कारण मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हुन सक्ने प्रहरीले बताएको छ ।

Picture of जलबराह मिडिया

जलबराह मिडिया

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।