कात्तिक -१९, दाङ । दाङ तुलसीपुर सहित दाङका विभिन्न स्थानमा वर्षा भएको छ । दिउँसो मध्यान्ह देखि मौसम बदली भएपनि वर्षा भने बेलुकी ५ बजेपछि भएको हो । वर्षातका कारण छाता नलिएर काम विशेषले घरबाहिर निस्किएका र तुलसीपुर बजार हुँदै गन्तव्यमा हिँडेका सर्वसाधारण तथा रेनकोटबिना बाइक लिएर निस्केकाहरू नागरिक बढी प्रभावित भएका छन् । वर्षात यो समाचार तयार पार्दासम्म पनि भइरहेको छ । पहाडी जिल्ला रोल्पा, रुकुम, सल्यान र प्युठानका विभिन्न स्थानमा असिना सहित वर्षात भएको श्रोतले बताएको छ ।
