२०८२ मंसिर २० शनिबार
२०८२ मंसिर २० शनिबार
rapti gyalaxy
previous arrow
next arrow

एजेन्डा छोडेको भन्दै राहत शिक्षक केन्द्रिय समिती सह-अध्यक्ष बिष्णु खत्रीद्वारा राजिनामा :

एजेन्डा नमिलेको भन्दै राहत शिक्षक केन्द्रिय समिती सह-अध्यक्ष बिष्णु खत्रीले आँफुले पदबाट राजिनामा दिएको जनाएका छन् ।

राजिनामा दिनुको कारण र अबको योजनाको बारेमा आफ्नो facebook page बाट यस सम्बन्धी स्टाटस लेखी खत्रीले स्पष्ट पारेका छन् ।

Oplus_131072

उनले लेखेका छन्..

गलत बाटो गएर शिक्षकहरुलाई नरुवाउ ! पेशागत सुरक्षाको लागि “सामाजिक सुरक्षा कोष” मा समाबेस भएर उमेर हद सम्म पेशागत निरन्तरता रोजौं साथिहरु भन्दा पनि पिर, साथिहरु का गुनासो सुनिदेउ भन्दा पनि पिर ?

साथिहरु छलफल गरेर समाधान गर भन्दा समेत नसुनी केन्द्रिय समिती को ग्रुपबाट remove गरेपछि यो राहत शिक्षक केन्द्रिय समिती को के काम ?

न त पेशा जोगाउने तदारुकता छ ? न त आफ्नो एजेन्डा छ ? न कुनै access छ ? यस्तो समिति मा बसेर काम गर्नुभन्दा अब एकमात्र उदेश्य सम्पुर्ण अस्थायी प्रकृतिका शिक्षक कर्मचारी लाई
पेशागत सुरक्षा को लागि “सामाजिक सुरक्षा कोष” मा आबद्ध गराउने लडाइका लागि बिद्रोह शुरु गर्दै छु । तपाइहरु लाई पनि प्रसस्तै ठाउबाट दवाब आउन सक्छ तर निर्भिक हुनुस्, हामी अबस्य सफल हुन्छौं । आफ्नो पेशा जोगाउन कसैको दवाबमा नपर्नुस् ।

आजबाट नबिन सिङ धामी अध्यक्ष र डम्बर राई महासचिव भएको समिति को सह-अध्यक्ष नरहेको कुरा सबैमा जानकारी साथ अनुरोध गर्दछु ।

आज देखि म सम्पुर्ण राहत लगायतका अस्थायी प्रकृतिका शिक्षक कर्मचारीको पेशागत सुरक्षा को लागि “सामाजिक सुरक्षा कोष” को एजेन्डा सहितको #राहत_शिक्षक_केन्द्रिय_समिती को संयोजक रहेको कुरा अबगत गराउदै छिट्टै भेला गरी नयाँ समिति बनाएर अगाडी बढ्ने कुरा जानकारी गराउँदछु ।

“सामाजिक सुरक्षा कोष” मा आबद्ध भई आफ्नो पेशाको सुरक्षा गर्न चाहने सम्पुर्ण साथिहरु ले मलाई साथ दिनुहोला । म निस्वार्थ सेवा भावले काम गर्नेछु र एजेन्डा लाई सफल बनाएर मात्र बिश्राम लिने छु ।

बाटो निकै कठिन छ तर असम्भब छैन । म जसरी भएपनि “सामाजिक सुरक्षा कोष” कार्यान्वयन गराउने अभियानमा छु ।
धेरै साथिहरु लाई लाग्ला भित्रै संघर्ष गर्नुपर्थ्यो भन्ने ? मैले बिगत ९/१० बर्ष देखि संघर्ष गरिरहेको छु । केही साथीहरूको सोच भनेको एकदम निकृष्ट, व्यक्तिवादी फाइदामुखि छ ।

केन्द्रिय समिती को एकजना प्रमुख पदाधिकारीले भन्नुहुन्छ ‘म त आन्तरिक परिक्षा मा गएपछि गोल्डेन ह्यान्सेक लिएर २०८४ को चुनावमा मेयर लड्ने हो’, अर्को साथिले भन्छ ‘म त वडा अध्यक्ष लड्ने हो’, अर्को साथिले भन्छ म त गोल्डेन ह्यान्सेक लिएर ब्यापार गर्ने हो, अर्को साथिले भन्छ ‘म त टुप्पि कसेर पढ्छु र आन्तरिक परिक्षा मा नाम निकालेर मा.बि. को हेडमास्टर हुन्छु अनि ५ बर्ष पछि बिशिष्ट श्रेणी को शिक्षक बन्छु’ अर्को ले भन्छ ‘म त संघिय सांसद लड्ने हो’ अर्को बोल्छ ‘ म त प्रदेश सांसद लड्ने हो’ तर कसैले भन्दैन सबै साथिहरु लाई “सामाजिक सुरक्षा कोष” मा लगेर पेशा बचाऔं’ भनेर !

त्यसकारण मेरो पटकौं पटकको पेशागत सुरक्षा को लागि गरेको प्रयास असफल भएपछि अब बिशुद्ध शिक्षण पेशामा रहन र पेशा जोगाउन चाहने “सामाजिक सुरक्षा कोष” मा आबद्ध भएर ६० बर्ष उमेर सम्म पेशा जोगाउने अभियानका साथिहरु संग सहकार्य गर्न अघि बढेको छु । यदि यहाहरु ले साथ दिन चाहनुहुन्छ भने मेरो मोबाइल नम्बर 9847982112 मा call गरेर सम्पर्कमा आउनुस्

बिगत 13 बर्ष देखि जति काम गरियो राहत शिक्षक केन्द्रिय समिती मा रहेर ति सबै यादगार रहनेछन्, सकारात्मक साथिहरु सबैलाई मन मुटुमा राखेको छु भने नकारात्मक साथिहरु लाई दिमागमा राखेको छु । बेला आयो भने सबै को हिसाब किताब लिने हैसियत पनि राख्दछु ।

आजलाई यत्ति नै, जय राहत !
जय शिक्षक, जय “सामाजिक सुरक्षा कोष” !!

Picture of जलबराह मिडिया

जलबराह मिडिया

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।