२०८२ फाल्गुन २६ मंगलवार
२०८२ फाल्गुन २६ मंगलवार
rapti gyalaxy
previous arrow
next arrow

शिक्षा विधेयक सच्याउन माग गर्दै राजपुर गाउँपालिकामा दुई घण्टा धर्ना

 राजपुर, भदौ- १३ ।प्रस्तावित विद्यालय शिक्षा विधेयक सच्याउन माग गर्दै नेपाल  शिक्षक महासंघ र नेपाल राष्ट्रिय शिक्षक संगठन राजपुरले शुक्रबार राजपुर गाउँपालिका कार्यालयमा अलग अलग ध्यानाकर्षण पत्र बुझाउँदै दुई घण्टा धर्ना दिएका छन् ।

Oplus_131072

केन्द्रीय सर्कुलरअनुसार पहिलो चरणको आन्दोलन कार्यक्रमअन्तर्गत पालिकामा धर्ना दिएका हुन।

राजपुर गाउँपालिका शिक्षक महासंघका अध्यक्ष राम बरण यादव तथा नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष दिल बहादुर शाहीका अनुसार, विगतमा सरकारसँग भएका सहमति कार्यान्वयन नगरी शिक्षा विधेयक अघि बढाइएकाले दबाब स्वरूप धर्ना दिनु परेको बताइएको छ ।

केन्द्रीय कार्यक्रमअनुसार भदौ १५ गते जिल्ला शिक्षा इकाईमा धर्ना दिने कार्यक्रमसमेत तय गरेको छ भने महासंघले अस्थायी शिक्षक पदपूर्तिमा ७५ प्रतिशत आन्तरिक प्रतिस्पर्धा र २५ प्रतिशत खुला प्रतिस्पर्धा हुनुपर्ने माग गरेको छ। तर समितिले ६० प्रतिशत आन्तरिक र ४० प्रतिशत खुला प्रतिस्पर्धा गर्ने व्यवस्था गर्दै विधेयक प्रतिनिधि सभामा पठाएपछि महासंघ असन्तुष्ट बनेको हो।

यसैबीच विद्यालय कर्मचारीको पद र वेतन सुनिश्चित नभएको, बालकक्षा शिक्षकको सेवा–सुविधा स्पष्ट नगरिएको, संस्थागत विद्यालयका शिक्षकका हकअधिकार कमजोर बनाइएको र अव्यवहारिक सरुवा प्रणाली ल्याइएकाले आन्दोलनमा उत्रिनु परेको जनाइएको छ।

यता भने संसदीय शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिबाट विद्यालय शिक्षा विधेयक भदौ ५ गते पारित भई प्रतिनिधि सभामा पुगेको छ।

Picture of जलबराह मिडिया

जलबराह मिडिया

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।