२०८३ मंसिर ७ सोमबार
२०८३ मंसिर ७ सोमबार
rapti gyalaxy
previous arrow
next arrow

५३ करोडभन्दा बढी जरिवाना र २ वर्ष कैद सजाय तोकिएका फरार प्रतिवादी पर्साबाट पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (CIB) ले राजस्व चुहावट ९कर छली० को एक मुद्दामा ५३ करोड रुपैयाँभन्दा बढी जरिवाना र २ वर्ष कैद सजाय तोकिएपछि फरार रहनुभएका एक प्रतिवादीलाई पक्राउ गरेको छ।

केन्द्रीय अनुसन्धान ब्यूरो ९प्रशासन शाखा०, लाजिम्पाट, काठमाडौंद्वारा जारी प्रेस विज्ञप्तिअनुसार पक्राउ पर्नेमा रौतहट जिल्ला साविक जय नगर गा.वि.स. वडा नं-४ ९हाल गरुडा नगरपालिका वडा नं-१० निवासी ३३ वर्षीय रामचन्द्र श्रीवास्तव रहेका छन् ।

​राजस्व अनुसन्धान विभाग, हरिहरभवन, ललितपुरका निर्देशक/अनुसन्धान अधिकृत प्रेम प्रसाद आचार्य समेतको प्रतिवेदनमा वादी नेपाल सरकार प्रतिवादी संगरिला ट्रेड एण्ड सप्लायर्स, प्रिन्स इन्टरनेसनल, मयंक इन्टरप्राइजेज, शुभ लक्ष्मी इन्टरनेसनल र न्यू महादेव इन्टरनेशनल कम्पनीका प्रोप्राइटर रामचन्द्र श्रीवास्तव भएको राजस्व चुहावट ९उक्त फर्महरूबाट झुट्टा तथा नक्कल म.अ.कर बिजक जारी गरी कारोबार गरेको० मुद्दा ९०७८-FJ-००५६० मा सम्मानित उच्च अदालत पाटनको मिति २०८१/०१/२४ गतेको फैसलाले रु. ५३,८१,८३,०८१/- ९त्रिपन्न करोड एकासी लाख तिरासी हजार एकासी० मात्र जरिवाना र २ ९ दुई० वर्ष कैद सजाय ठहर भएको थियो। सो सजाय बेरुजु भई फरार रहेका उहाँलाई ब्यूरोबाट खटिएको प्रहरी टोलीले जिल्ला प्रहरी कार्यालय, पर्साको सहयोगमा मिति २०८३/०८/०२ गते पर्साको वीरगन्ज महानगरपालिका वडा नं-१६, नगवाबाट पक्राउ गरी फैसला कार्यान्वयनका लागि सम्मानित काठमाडौं जिल्ला अदालतमा उपस्थित गराएको छ। यस विषयमा ब्यूरोका प्रवक्ता एवं सूचना अधिकारी, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अंगमेश शमशेर ज.ब.रा. द्वारा प्रेस विज्ञप्ति जारी गरिएको छ।

 

Picture of जलबराह मिडिया

जलबराह मिडिया

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।