काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान अधिकृत (राजपत्राङ्कित द्वितीय श्रेणी) रामबाबू प्रसाद चौधरीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको छ।

सेवामा रहँदा बढुवा तथा पदस्थापनका क्रममा रहेका आईए तहका नक्कली शैक्षिक प्रमाणपत्रहरू—लब्धाङ्कपत्र, अस्थायी प्रमाणपत्र, कलेज लिभिङ सर्टिफिकेट, चारित्रिक प्रमाणपत्र तथा स्थानान्तरण वा माइग्रेसन प्रमाणपत्र—पेस गरेको आयोगको दाबी छ। तिनै कागजातका आधारमा प्रमुख अनुसन्धान अधिकृत पदसम्म बढुवा भई ओहदा, लाभ र सुविधा लिएको भन्दै आयोगले साविक भ्रष्टाचार निवारण ऐन, २०१७ तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद र जरिवाना सजायको मागदाबी गरेको छ।

























