२०८३ मंसिर ८ मंगलवार
२०८३ मंसिर ८ मंगलवार
rapti gyalaxy
previous arrow
next arrow

देउखुरीमा कांग्रेस देउवा पक्षको लुम्बिनी प्रदेशस्तरीय भेला सुरु

दाङ देउखुरी , मंसिर ७ । नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षको लुम्बिनी प्रदेशस्तरीय भेला आज सोमबार लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका (देउखुरी) मा सुरु भएको छ । भेलाको उद्घाटनका लागि नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा देउखुरी आएका छन् । उनी नेपालगञ्ज हुँदै दाङको भालुवाङ आइपुगेका हुन् ।

​कार्यक्रममा कांग्रेस नेता डा. शशांक कोइरालासहित कांग्रेसका केन्द्रीय तथा प्रदेशस्तरका नेताहरू र लुम्बिनी प्रदेशका १२ वटै जिल्लाका प्रतिनिधि तथा नेता–कार्यकर्ताहरूको सहभागिता रहेको छ । भेलालाई पूर्वसभापति देउवाले सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ । भेलामा पार्टीको वर्तमान राजनीतिक अवस्था, सङ्गठनात्मक गतिविधि, आन्तरिक एकता र आगामी महाधिवेशनका विषयमा छलफल हुने जनाइएको छ ।

​पार्टीभित्रको आन्तरिक राजनीतिक गतिविधि तीव्र भइरहेका बेला आयोजना गरिएको यस भेलालाई लुम्बिनी प्रदेशमा देउवा पक्षको सङ्गठनात्मक अवस्था, भावी रणनीति र पार्टीभित्रको एकताका विषयमा छलफल गर्ने महत्त्वपूर्ण अवसरका रूपमा हेरिएको छ ।

Picture of जलबराह मिडिया

जलबराह मिडिया

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।