दाङ देउखुरी ।
देउखुरीको लमही -९ नम्बर वडा अन्तर्गत पर्ने
अमिलियामा घर बनाउने क्रममा करेन्ट लागेर अन्दाजी ५० वर्षीय सुवास बुढा मगरकाे मृत्यु भएकाे छ ।
करेन्ट लागेर गम्भीर घाइते भएका बुढाको उपचारका क्रममा लमही अस्पतालमा मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी राम प्रसाद तिमिल्सिना मार्फत जानकारी प्राप्त भएको हो ।
मृतक बुढाको शव पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको पाईएको छ ।

























