२०८२ चैत्र ३ मंगलवार
२०८२ चैत्र ३ मंगलवार
rapti gyalaxy
previous arrow
next arrow

लाखौं लगानी लागेको राजपुर -२ को “सिरहवा” अलपत्र अवस्थामा :

दाङ देउखुरी /राजपुर, श्रावण -१५। दाङ जिल्ला राजपुर गाउँपालिका वडा नम्बर २ सालघारी रोडको पश्चिमतर्फ सटेको करिब ३ बिगाहा जग्गामा निर्माणाधीन अवस्थामा रहेको सिरहवा खालमा लाखौंको लगानी लागेको भएपनि अहिले अलपत्र अवस्थामा रहेको छ ।

उक्त स्थानमा सिमपानी रहेको अवस्थालाई देख्दा यहाँ तलाउ खन्दा गाईबस्तुलाई पानी खुवाउन सजिलो हुने भन्ने कुरामा स्थानिय बासिन्दा बिच एक आपसमा सल्लाह भइ राजपुर -२ निवासी स्व. बालुप्रसाद यादवको अध्यक्षतामा एक समिती गठन भइ जिविस दाङमा आर्थिक माग गरियो जसअनुसार सुरुको पटक ५ लाख बजेट पर्यो यसै गरि अर्कोपटक ५ लाख , राजपुरको २ नम्बर वडा अध्यक्ष हुँदा ९ लाख , जसको अध्यक्षमा राजपुर -२ निवासी मामदेव देवकोटा रही काम भएको हो भने , प्रदेश सभा सदस्य इन्द्रजित थारुको पहलमा एक संस्था मार्फत ३० लाख पारिएको तर स्थानिय स्तरको राजनीतिक खिचातानीको कारण ३० लाखमा १० लाखको मात्र काम हुन सकेको भएपनि उक्त स्थानलाई सुन्दर ताल बनाइ स्थानीय स्तरको अस्तित्वलाई माथी उकास्ने र पर्यटकिय स्थल बनाउने लक्ष्य रहेको भए पनि दोस्रो कार्यकालको चुनावमा आँफु निर्वाचित हुन नसकेपछि उक्त ताल अलपत्रमा परिरहेको राजपुर-२ का पुर्व वडा अध्यक्ष दुर्गा प्रसाद शर्मा बताउँछन् ।

यसै बिच यो स्थानमा सुन्दर ताल निर्माणमा निरन्तरता दिदै बिचमा मन्दिर , तालमा बोटिङको ब्यबस्था, वरिपरि पार्क निर्माण गर्न सके गाउँको छुट्टै महत्त्व हुने हुँदा यो कार्यमा निरन्तरता दिन सबैलाइ अनुरोध गर्छन् राजपुर २ निवासी जुगल प्रसाद अहिर ।

oplus_2

 

लाखौंको लगानी लागिसकेको उक्त स्थान यसरी अलपत्र हुनु र यसप्रती कसैको ध्यान जान नसक्नुले समुदायलाई एकदिन पष्चाताप हुन नपर्ला भनी भन्न सकिदैन ।
गाउँको नजिकै यसरी यति ठूलो तालको वरपर छेकवार छैन । समयमै ब्यवस्थापन हुन सकेन भने वर्षातको समयमा यहाँ बालबालिकाहरु खेल्दा ,घुमफिर गर्दा उच्च जोखिम हुन सक्ने भएकोले सम्बन्धित सरोकारवालाले समयमै सोच्न जरुरी छ ।

Picture of जलबराह मिडिया

जलबराह मिडिया

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।