२०८३ मंसिर ७ सोमबार
२०८३ मंसिर ७ सोमबार
rapti gyalaxy
previous arrow
next arrow

देउखुरीमा मोटरसाइकल ठोक्किँदा १९ वर्षीय युवकको मृत्यु, दुई जना घाइते

​दाङ । देउखुरीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

​मृत्यु हुनेमा गढवा गाउँपालिका–६, रामपुर निवासी १९ वर्षीय रोहित सुनार रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । प्रहरीका अनुसार बिहीबार बिहान करिब ४ बजे लमहीबाट गढवातर्फ जाँदै गरेको रा ५ प ८९२४ नम्बरको मोटरसाइकल राप्ती पुलमा ठोक्किएको थियो ।

​दुर्घटनामा गम्भीर घाइते भएका सुनारलाई उपचारका लागि सञ्जीवनी टिचिङ अस्पताल घोराही लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । दुर्घटनामा मोटरसाइकलको पछाडि सवार गढवा–६ निवासी १८ वर्षीय राहुल थापा र १८ वर्षीय नवीन गुरुङ सामान्य घाइते भएका छन् ।

​मृतक सुनारको शव पोस्टमार्टमका लागि लमही अस्पतालमा राखिएको प्रहरीले जनाएको छ

Picture of जलबराह मिडिया

जलबराह मिडिया

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।