२०८२ फाल्गुन २६ मंगलवार
२०८२ फाल्गुन २६ मंगलवार
rapti gyalaxy
previous arrow
next arrow

दाङको लमही-घोराही सडक खण्ड चार दिनसम्मका लागी बन्द

दाङ , श्रावण -१७।दाङको लमही–घोराही जोडने सडकखण्ड यही श्रावण २१ गते बिहान ७ बजे देखि श्रावण २४ गते बिहान ७ बजेसम्म जम्मा चार दिनका लागि बन्द गरिएको छ । उक्त सडक अन्तर्गत रहेको मसोट खोला पुलको आकस्मिक मर्मत कार्यका कारण चार दिनसम्म सवारी आवागमन बन्द गरिने निर्णय भएको हो ।

जिल्लाको प्रमुख सडक संजालमा पर्ने उक्त पुल मर्मत गर्नुपर्ने अवस्था आएपछि जिल्ला प्रशासन कार्यालय दाङमा बसेको सर्वपक्षीय बैठकले मर्मत अवधिभर विशेष सावधानी अपनाउने निर्णय गरेको हो । निर्णयअनुसार यहि साउन २१ गते बिहान ७ बजेदेखि २४ गते बिहान ७ बजेसम्म मसोट खोला पुलमा दुई पाङ्ग्रे बाहेकका अन्य सबै प्रकारका सवारी साधनको आवागमन पूर्ण रूपमा रोकिनेछ । उक्त अवधिमा सडक डिभिजन कार्यालय दाङले पुलको आकस्मिक मर्मत गर्नेछ ।

पुल मर्मतको समयमा यात्रु तथा सवारी चालकलाई वैकल्पिक मार्गको रूपमा अर्जुनखोला–अमिलिया–तुलसीपुर–घोराही सडक प्रयोग गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय घोराहीले आग्रह गरेको छ । ट्राफिक व्यवस्थापन तथा सुरक्षाका लागि आवश्यक प्रबन्ध मिलाइने ट्राफिक कार्यालय दाङले जनाएको छ । साथै, मर्मत अवधिमा अत्यावश्यक सवारी साधनका लागि डाइभर्सन मार्गको मर्मत गरी सञ्चालन गरिनेछ । डाइभर्सन मार्ग सडक डिभिजन कार्यालयले मर्मत गर्नेछ भने ट्राफिक प्रहरीको समन्वयमा अत्यावश्यक सवारीका लागि व्यवस्थापन गरिने भनी जनाइएको छ।

 

Picture of जलबराह मिडिया

जलबराह मिडिया

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।