दाङ देउखुरी – मंसिर २४। दाङ देउखुरीको राजपुर-२, मटेरियास्थित चाँदनी सहकारी संस्थामा मलखादका लागि आज बिहानैदेखि किसानहरूको ठूलो भीड देखिएको छ। खेतबारीको काम छोडेर सहकारीको ढोकामा घण्टौँसम्म प्रतीक्षारत किसानहरूले आफ्नो पीडा जलबराह मिडियासँग साझा गर्दै मलखाद अभावले खेतीपातीमा ठूलो समस्या परेको बताए।
सहकारी परिसरमा जम्मा भएका महिलादेखि ज्येष्ठ नागरिकसम्म सबैको अनुहारमा चिन्ता, थकान र असहजता स्पष्ट देखिन्थ्यो। कतिपय किसानहरू बिहान सबेरै घर–परिवार छाडेर खाली पेटै लाइनमा बसेका थिए।
एक किसानको पीडा यसरी व्यक्त भयो—
“धेरै महँगो मल किन्न नसक्ने, सहकारीमा आएर घण्टौँ कुर्नुपर्ने। हाम्रो पीडा सुन्ने कोही छैन।”
किसानहरूले उठाएका मुख्य समस्याहरू :
बजारमा मल महँगो, उपलब्धता कमजोर,
सरकारी अनुगमन न्यून,
सहकारीको वितरण ढिलाइ,
खेतीपाती रोकिएको अवस्था,
दैनिक ज्याला–मजदुरी छोडेर लाइनमा बस्ने बाध्यता ।
आजको यो भीडले एउटा गम्भीर प्रश्न उठाएको छ—
“कृषि प्रधान भनिने देशमा किसान किन यत्तिका वर्षदेखि एउटै समस्या र उही पीडा भोग्न बाध्य छन्?”
के कृषकले सधैं यस प्रकारको समस्या झेलीरहनु पर्ने हो त ??

























