२०८२ मंसिर २८ आईतवार
२०८२ मंसिर २८ आईतवार
rapti gyalaxy
previous arrow
next arrow

हुँदै नभएको घर देखाएर बैंकबाट ऋण, तत्कालीन प्रशासकीय अधिकृतसहित चार जनाविरुद्ध मुद्दा दायर:

काठमाडौं । कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा हुँदै नभएको घर देखाएर बैंकबाट ऋण लिएको अभियोगमा चार जनाविरुद्ध मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बेलडाँडी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पदमराज जोशी, सव-इन्जिनियर जय कुँवर, असिस्टेन्ट सव–इन्जिनियर तेज बहादुर सुनार र बेलडाँडी गाउँपालिका २ का स्थानीय शान्ति नाथविरुद्ध मुद्दा दायर गरेको हो।

कर्मचारीको मिलोमतोमा नाथले बेलडाँडी गाउँपालिका २ मा हुँदै नभएको घर, कोठा धितोमा राखेर सनराइज बैंकबाट ३३ लाख ७५ हजार ऋण लिएको अख्तियारको दाबी छ।

उनीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम सजाय मागदाबी राखी बिहीबार विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरिएको छ।

Picture of जलबराह मिडिया

जलबराह मिडिया

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।