२०८२ मंसिर २८ आईतवार
२०८२ मंसिर २८ आईतवार
rapti gyalaxy
previous arrow
next arrow

नेसनल प्याब्सन दाङको बृहत् खेलकुद कार्यक्रम सुरु:

दाङ, मंसिर -२६। नेसनल प्याब्सन बृहत् खेलकुद कार्यक्रम २०८२ यही मंसिर २६ गतेदेखि दाङको बेलझुन्डिमा सुरु भएको छ ।

नेसनल प्याब्सन दाङका अध्यक्ष शालिकराम कार्कीको अध्यक्षता तथा दाङ जिल्लाका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालको प्रमुख आतिथ्यमा बेलझुन्डी रंगशालामा संचालित खेलकुद उद्घाटन समरोहलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी अर्यालले खेलकुद, बालबालिकाको सर्वाङ्गीण बिकासको बलियो आधार स्तम्भ भएको बताउनु भएको छ ।

Oplus_131072

अनुशान, लगनशीलता,गतिशीलता संगै शारीरिक, मानसिक र संवेगात्मक बिकासमा खेलकुदको महत्त्वपूर्ण भुमिका छ यसर्थ यो बालबालिकाको सर्वाङ्गिण बिकासको बलियो आधार स्तम्भ हो उहाँ भन्नुभयो । यतिबेला देश अराजकता तर्फ उन्मुख छ, बालबालिका लागू औषध दुर्वेसनि जस्तो कुलतको दलदलमा फसिरहेको अवस्थामा बिधालयले बालबालिका लाई सुसूचित गर्नुपर्ने र खेलकुद लाई उच्च प्राथमिकता राख्नु पर्ने धारणा ब्यक्त गर्नुभयो ।

कार्यक्रमका विशिष्ट अतिथी नेसनल प्याब्सनका वरिष्ठ केन्द्रिय उपाध्यक्ष सुबोध कुमार डागिले राष्ट्रको सान र गौरव संग जोडिएको मानव स्वास्थ्यको अभिन्न अंग खेलकुद क्षेत्र लाई नेसनल प्याब्सनले शिक्षा जत्तिकै महत्त्व साथ अगाडि सारेको बताउनु भयो ।

नेसनल प्याब्सन दाङका वरिष्ठ उपाध्यक्ष ठाकुर प्रसाद डागिको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रममा सशस्त्र प्रहरी बल तुलसिपुर बेस क्याम्पका प्रमुख डिएस्पी राम प्रसाद भण्डारी,नेसनल प्याब्सन तुलसिपुर नगर अध्यक्ष सुमन केसि, खेल पत्रकार लक्षमण बस्नेत लगाएतले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो । सो अवसरमा सहभागी बिधायलहरु बाट विभिन्न कला, संस्कृती झल्कने झाकी,तथा नृत्य प्रस्तुत गरिएको थियो ।

नेसनल प्याब्सनका दाङ जिल्ला सचिब छवि कुमार वलिले संचालन गरेको कार्यक्रम
तीन दिन सम्म संचालन हुने बृहत् खेलकुद कार्यक्रममा एथलेटिक्स,भलिबल र फुटसल खेल बिधामा सहभागी बिधालयका छात्र/ छात्रा तर्फ कडा कडा प्रतिस्पर्धा हुने छ ।

कार्यक्रमका बिजेता बिधालय तथा खेलाडी लाई ट्रफी, मेडल, प्रमाणपत्र प्रदान गरिनेछ ।

कार्यक्रममा नेसनल प्याब्सनमा आवद्ध रहेका बिधालय मध्य २७ बिधालयको सहभागिता रहेकोछ ।

यसैबिच कार्यक्रमको आज पहिलो दिन एथलेटिक्स तर्फका खेलहरु भएका छन् भने भोलि शनिवार फुटसल, भलिबल,एथलेटिक्सका बिधामा प्रतिस्पर्धा हुने भएको छ ।

Picture of जलबराह मिडिया

जलबराह मिडिया

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।